पोखराको एकहप्ते मोजमस्तीमा रमाएर आएकालाई भव्य स्वागत गर्ने प्रचलन नेपाली समाजको होइन: महेश बस्नेत

२०८१ फाल्गुन २५, आईतवार

काठमाडौँ : नेकपा (एमाले) का नेता महेश बस्नेले राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गर्न लागेको स्वागतप्रति कटाक्ष गरेका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले विलासिता र मोजमस्तीको जीवन बिताएर आएकालाई भव्य स्वागत गर्ने प्रचलन नेपाली समाजको नभएको बताउँदै कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्, ‘मोजमस्ती र विलासिताबाट फर्केकाहरूलाई सुनपानी छर्केर गौदान गरेर मात्रै चुलो चौकोमा प्रवेश दिने नेपाली प्रचलन हो। तसर्थ पूर्व राजा ज्ञानेन्द्रलाई पोखराको एक हप्ते विलासिता र मोजमस्तीको जीवन बिताएर आएका कारण गौदान र सुनपानी छर्किन लाग हो कथित राजावादीहरू!’

बस्नेतले गौरव र पौरख गरेर फर्केकाहरूलाई भव्य स्वागत गर्ने प्रचलन नेपाली समाजको पुरानै रहेको उल्लेख गरेका छन्। साथै उनले बिरेन्द्रको वंशनाशको पाप पखाल्न र भड्किएको प्रेत आत्मा शान्त बनाउन बरु कोटिहोम लगाउन लगाउन सुझाव समेत दिए।

‘उनकै दाजु बिरेन्द्रको वंशनाशको पाप पखाल्न र भड्किएको प्रेत आत्मा शान्त बनाउन बरु कोटिहोम लगाउन लाग । पोखरामा जस्तो लफडा नगरिकन,’ बस्नेतले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार