ह्वाइटहाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारियो

२०८१ फाल्गुन २६, सोमबार

काठमाडौँ : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर एक सशस्त्र व्यक्तिलाई गोली हानी मारिएको छ । अमेरिकी गोप्य सेवाले हतियार बोकेका व्यक्तिलाई गोली हानेर मारिएको जानकारी दिएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

स्थानीय प्रहरीले एक जना व्यक्ति आत्महत्या गर्ने सोचमा रहेको हुन सक्ने र इन्डियानाबाट वाशिंगटन, डीसीको यात्रा गरेको उल्लेख गरेको छ । सूचनाको आधारमा, अधिकारीहरूले विवरणसँग मेल खाने र हतियार देखाउँदै गरेको एक व्यक्ति ह्वाइटहाउस अगाडी आएको र त्यसपछि गोलीबारी भएको बताइएको छ ।

यो घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइट हाउसमा उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार