श्रम शक्ति व्यवस्थित गर्न पुँजी बजार चलायमान हुनु आवश्यकः उद्योगमन्त्री भण्डारी

२०८१ फाल्गुन २६, सोमबार

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुन नसक्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रिय उत्पादनको १३ प्रतिशत हिस्सा ओगटेको कृषिमा आधारित अर्थतन्त्रको उत्पादकत्व पाँच प्रतिशतमा घटेको बताए। उनले उद्योगमा लगानी गर्न कठिन र जोखिम भएको भन्दै हिजोका दिनमा नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गार्मेन्ट, गलैँचा लगायतका उद्योगहरु बन्द भएको बताए। छिमेकी मुलुकले लगानी गरेका जुट मिललगायतका संस्थाहरु धराशायी हुनुको कारण खोज्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जबसम्म नेपालको पूँजी बजार चलायमान हुँदैन तबसम्म नेपालको श्रम शक्तिलाई व्यवस्थित गर्न सकिँदैन । यसैले पहिलो कुरा नेपालको पूँजी बजारमा निजी क्षेत्रको जुन आज उपस्थिति छ त्यो उद्योगसँग व्यापारसँग ड्रेडसँग जोडिएका सन्दर्भहरु छन् । आजको व्यापार असन्तुलनको पनि चर्चा भयो ।

हाम्रो व्यापार बढाउन सकेनौँ भने, उत्पादक उत्पादकत्व वृद्धि हुन सकेन । हामीले वस्तुहरु आयात गरी रहेका छौँ । हाम्रो सम्भावनाको क्षेत्र कृषिमा आधारित अर्थतन्त्र आज नेपालमा उद्योगको जिडिपीमा हिजो १३ प्रतिशतको योगदान थियो भने आज त्यो घटेर पाँच प्रतिशतमा आएको छ । उद्योग सञ्चालन गर्न कठिन र जोखिम छ । त्यही जोखिम हिजोका हाम्रा विरासतहरु नेपालको ब्राण्डको रुपमा स्थापित पश्मिना, गलैँचा तथा गार्मेन्ट, जुट मिललगायतका उद्योगहरु बन्द भए । छिमेकी मुलुकले लगानी गरेको विभिन्न संस्थाहरु धरासायी भयो । यस्तो किन भयो त्यसको कारणको खोजी गर्नुपर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार