बार्दलीबाट लडेर एक जनाको मृत्यु

२०८१ फाल्गुन २६, सोमबार

कालीकोट : घरको बार्दलीबाट लडेर एक जनाको मृत्यु भएको छ । बार्दलीबाट लडेर कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं ३ का पुरिचन्द पाण्डेकाे मृत्यु भएको हो ।

आइतबार राति शौचालय जाने क्रममा घरको बार्दलीबाट लडेर घाइते भएका पाण्डेको जिल्ला अस्पताल कालीकोटमा प्राथमिक उपचारपछि सुर्खेत लैजाने क्रममा बाटोमै निधन भएको हो ।

४७ वर्षीय पाण्डे जिल्ला निर्वाचन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार