गृहमन्त्रीका अंगरक्षक असई यादवको मृत्यु

२०८१ फाल्गुन २७, मंगलवार

काठमाडौं : मधेस सरकारको गृहमन्त्रीको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका असई वीरेन्द्रकुमार यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको हो । मधेस प्रहरीका अनुसार हिजो उनको पेट र छाती दुख्न थालेपछि उनलाई पहिला स्थानीय अस्पताल गोदावरीमा भर्ना गरिएको थियो । तर त्यहाँबाट थप उपचारको लागि रेफर गरेपछि उनलाई नोबेल अस्पताल विराटनगरमा लगिएको मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यले बताए ।

विराटनगर नोबेल अस्पतालमै उपचारको क्रममा हिजो राती उनको मृत्यु भएको डिआइजी आचार्यले बताए । सिरहा नगरपालिका–२५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार