काठमाडौं : पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् ।
२६ फागुनमा बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गुरुङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । कम्पनीले गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । सीईओ गुरुङले बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका छन् ।
यस अघि उनी ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कार्यरत थिए ।





