२४ चैतमा काठमाडौंमा खबरदारी सभा गर्दै आजपा

२०८१ फाल्गुन २८, बुधबार

काठमाडौं : आम जनता पार्टी (आजपा)ले आगामी चैत २४ गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ । आजपाका अध्यक्ष प्रभु साहले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार खबरदारी सभा अगाडि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन हुनेछ ।

सामाजिक सञ्जालमा भिडियो राख्दै उनले दलाल दलतन्त्रको विरोध गर्नका लागि २४ चैतमा खबरदारी सभा गर्न लागिएको बताएका छन् ।पढ्नदेखि रोजगारीसम्मका लागि विदेशिने क्रम निरन्तर बढ्दो रहेको उल्लेख गर्दै यो अवस्था सृजना हुनुमा शासनसत्तामा रहेका नेताहरु जिम्मेवार रहेको आरोप उनले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार