नेवार समुदायको चिहान कांग्रेसका नेताले कब्जा गरेको आरोप

२०८१ फाल्गुन २८, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त जग्गा उजुरी पर्दासमेत स्थानीय निकालय संरक्षणमा कुनै पहल नगरेको बताए ।

‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ,’– उनले भने ।

कांग्रेस नेतामाथि रास्वपा नेता खनालले यस्तो आरोप लगाउँदा सांसद राजेन्द्र बजगाईँले भने उठेर विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार