काठमाडौं : फागु पूर्णिमा अर्थात होली पर्वका अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ । होली पर्वका लागि भोलि सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा दिएको छ ।
भोलि पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइँदै छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा होली पर्व मनाउने गरिन्छ ।





