काठमाडौं : आज अपराह्नपछि आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो ।
आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ’, मौसमविद् झाले भने, ‘प्रि-मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन, चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।’





