काठमाडौं : बंगलादेशका क्रिकेटर महमुदुल्लाह रियादले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। उनले सामाजिक सञ्जाल पोस्ट मार्फत आफ्नो अवकाशको बारेमा जानकारी दिएका छन्।
उनले पोस्टमा लेखेका छन् , “मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु। म मेरा सबै टोलीका साथीहरू, प्रशिक्षकहरू र विशेष गरी मेरा फ्यानहरूलाई हृदयदेखि नै धन्यवाद दिन्छु, जसले मलाई सधैं समर्थन गर्नुभएको छ।”
उनले आफ्ना आमाबाबु र ससुरालाई धन्यवाद दिए।
उनले लेखे, “सबै कुरा सधैं पूर्ण रूपमा समाप्त हुँदैन, तर जीवनमा अगाडि बढ्नको लागि तपाईंले ‘हुन्छ’ भन्नुपर्छ। शान्ति… अलहमदुलिल्लाह।”
बंगलादेशी क्रिकेटर महमुदुल्लाह रियादले सन् २००७ मा आफ्नो क्रिकेट करियर सुरु गरेका थिए।
रियादले आफ्नो सम्पूर्ण करियरमा २३९ एकदिवसीय खेल, ५० टेस्ट खेल र १४१ टी-२० खेल खेलेका छन्।





