काठमाडौं : धौलागिरी–गण्डकी यातायात सेवा प्रा.लि बागलुङले संचालन गरेको विद्युतीय (इभी) माइक्रो बसको भाडादर समायोजन गरेको छ।
प्रा.लि.ले बागलुङ–पोखरा विद्युतीय माइक्रो बस संचालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको जानकारी गराएको हो। यसअघि लिँदै आएको भाडामा ५० रुपैयाँ घटाएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए। बागलुङ–पोखरा भाडा ४५० रुपैयाँ रहेकोमा चैत्र १ गतेदेखी ४०० रुपैयाँ लागू हुनेछ। त्यसैगरी म्याग्दी–पोखरा पनि ५५० रुपैयाँबाट घटाएर ५०० रुपैयाँ कायम गरिएको अध्यक्ष केसीले बताए।
बागलुङ–पोखराका लागि हाल २० वटा माइक्रो बस संचालनमा आएका छन्। विद्युतीय सवारी साधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रा.लि.ले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो।





