कलंकीमा एक व्यक्तिलाई खुकुरी प्रहार गर्ने युवक पक्राउ

२०८१ चैत्र २, शनिबार

काठमाडौँ : सामान्य विवाद हुँदा सार्वजनिक स्थलमै खुकुरी प्रहार गर्ने एक युवक पक्राउ परेका छन्।

प्रहरीले काठमाडौं महानगरपालिका–१४ कंलकी सीतापम्पस्थित सडकमा खुकुरी प्रहार गर्ने नुवाकोट घर भई हाल बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार तामाङले मोरङको कटारी गाउँपालिका–४ घर भई कालिमाटी बस्ने ३० वर्षीय सुवास राईसँग विवाद हुँदा बिहीबार खुकुरी प्रहार गरेका थिए ।

तामाङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार