जुम्लाबाट सुर्खेत जाँदै गरेको हाइस दुर्घटना : ८ जना घाइते, ५ गम्भीर

२०८१ चैत्र २, शनिबार

कालीकोट : कर्णाली राजमार्गको तिलागुफा ५ खल्लागाडमा एसएमएल हाइस  दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । घाइते मध्ये ५ जनाको अवस्था चिन्ताजनक छ भने ३ जना सामान्य छन् । १५ जना सवार गाडी ओरालो सडकमा ब्रेक नलाग्दा माड्ने क्रममा  सडकमै पल्टिएको छ ।

सुर्खेत जाँदै गरेका सिंजा ३ का ५२ वर्षीय धनमाने सार्की,  सोही ठाउँका ६० वर्षीय मनजीते सार्की,  ६५ वर्षीया जर्मा सुनार, सोही गाउँकी ६४ वर्षीया मनकन्या चौलागाई, जुम्ला कनकासुन्दरी ६ का ३९ वर्षीय कर्ण भण्डारी घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए ।

कालिकोटको तिलागुफा नगरपालिका वडानं. ८ का तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाई र पूर्ण प्रसाद चौलागाईं पनि घाइते भएको मनमोहन पाण्डेले बताए। घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। कर्णाली राजमार्गको विभिन्न  ठाउँमा पहिरोले क्षत विक्षत गरेर  कर्णाली राजमार्ग जोखिमपूर्ण अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार