होली खेल्ने क्रममा छुरा प्रहार हुँदा युवकको मृत्यु

२०८१ चैत्र २, शनिबार

जनकपुरधाम : होली खेल्ने क्रममा विवाद भएपछि छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका– २३ बिन्हीका १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबाट घाइते यादवको मृत्यु भएको पुष्टि गरेका छन् । छुरा प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन् ।

डीएसपी सिंहले घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार