सरकारले मेरो कुरा सुनेन : सांसद बास्कोटा

२०८१ चैत्र ७, बिहीबार

काठमाडौँ : नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारले आफ्नो कुराको बेवास्ता गरेर नसुनेको गुनासो गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्। उनले एसइई परीक्षा सुरु भएको र आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीको स्कुलमा पुग्दा आँखाभरि धुलो हुने अवस्था रहेको बताउँदै गुनासो गरे।

उनले साँगादेखि धुलिखेलसम्मको सडकको विषयमा आफूले पटकपटक कुरा उठाउँदै आएको भए पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ। उनले भने, ‘मेरो भनाइ यत्ति छ- सरकारले दुई पटक त्यो निर्माणधिन बाटोमा पानी हाल्ने काम गरोस्।’‘कोरीबाटी गरेर विद्यार्थीहरूलाई स्कुल पठाउने कुरा हुन्छ। तर, साँगादेखि धुलिखेलसम्म २४ सै घण्टा धुलो उड्छ। र एसइई परीक्षा दिन जाने विद्यार्थीहरू स्कुल पुग्दा आखा नदेख्ने स्थिति हुन्छ। उनीहरूले जाँच कसरी दिन्छन् ?’ सांसद बास्कोटाले काभ्रेको बेथानचोक गाउँपालिकामा लागेको आगलागीको विषयमा समेत सरकारको ध्यानाकर्षण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार