भोली सार्वजनिक विदा

२०८१ चैत्र ७, बिहीबार

डोटी : सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा दिइएको छ ।

सुदूरपश्चिमका राना थारु समुदायको मुख्य पर्वको रूपमा रहेको खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र सिंह विष्टले एक सूचना जारी गर्दै बिदाबारे जानकारी गराएका हुने । राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होलीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाइने चलन रहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले राजपत्रमा प्रकाशित २०८१ सालका सार्वजनिक बिदा अनुरूप चैत्र ८ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको समेत सूचना अधिकारी विष्टले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
1
+1
4
+1
0
+1
0

ताजा समाचार