कस्तो रहनेछ आजको मौसम ?

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी  तथा मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ।

आज दिउँसो कोशी, लुम्बिनी, मधेसलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू लगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार