दलित भएकै कारण घर भत्काइनु निन्दनीय, दोषीलाई कारवाही गर्न ढिला नगरौं : शेखर कोइराला

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिराहामा भएको जातीय विभेदको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

कोइरालाले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जातीय विभेदकै कारण कसैको घर भत्काइनु वा जातीय पीडा दिनु निन्दनीय भएको बताएका हुन् । उनले देशले राजनीतिक रूपले ठुलो फड्को मारिसके पनि यस्ता अमानवीय घटनाहरू भइरहनु दुःखद् भएको उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार