आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव गरिने

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं : रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ ।

५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए । शुक्रबार सर्वदलीय बैठक बसेर १६गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले बताए ।

‘जहाँबाट रोकिएको हो त्यहीबाट प्रक्रिया अगाडि बढ्छ । मतदान मात्र रोकिएको हो । अरु तयारी पूरा भएको छ,’ उनले भने । आरआरमा ५ हजार १४६ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार