सुनको मूल्य ९०० रुपैयाँले बढ्यो

२०८१ चैत्र ९, शनिबार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार १ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य स्थिर रहि १ लाख ७४ हजार १ सय रूपैयाँमा नै कारोबार भएको थियो।

त्यसैगरि, मंगलबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेर १ लाख ७५ हजार २ सय रूपैयाँ कायम भएको थियो। बुधबार फेरि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो। बिहिबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहेर १ लाख ७६ हजार रूपैयाँमा नै कारोबार भयो।

शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेर १ लाख ७५ हजार रूपैयाँ कायम भएको थियो। यो साता सुनको मूल्य समग्रमा ९०० रुपैयाँले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार