काठमाडौं : दाउन्नेमा भुस बोकेको ट्रक पल्टिएपछि पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध बनेको छ ।
बीच सडकमा ट्रक पल्टिएपछि अहिले एकतर्फी सवारी सञ्चालन भइरहेको छ । शनिबार बिहान प्र ३ – ०३००१ ख ०१५६ नम्बरको ट्रक दाउन्ने उकालोमा पल्टिएको प्रहरीले जनाएको छ । भैरहवाबाट नारायणगढतर्फ जाँदै गरेको भुस बोकेको ट्रक अनियन्त्रित भएर बीच सडकमा पल्टिएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको र दुईतर्फी सडक सञ्चालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।





