महायज्ञको नाममा दलितको घर भत्काउने तीन जनाविरुद्ध जाहेरी

२०८१ चैत्र ९, शनिबार

काठमाडौं : सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका पीडित परिवार सदस्यले प्रहरीमा जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए। उनले भने, ‘पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ। यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ।’ दलित अगुवासहित पुगेर पीडित परिवारका दीपक मरिकले दिएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिकाका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ।

औरहीका स्थानीय समेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, जाहेरीमा प्रतिवादीले जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ।

घटनामा संलग्न भएको आरोपमा गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको छ। बजरंगी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार