ब्रेक फेल भएर सुनकोशीमा खस्यो टिप्पर

२०८१ चैत्र ११, सोमबार

काठमाडौँ : काभ्रेको तेमाल गाउँपालिका  वडा नम्बर–९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको छ ।

गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए । गिट्टी लोड गरिएको टिप्पर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको छ ।

दुर्घटनामा परेर चालक काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका इन्द्र माझी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार