कुलमान भन्दा योग्य मान्छे ल्याएका छाैं : मन्त्री खड्का

२०८१ चैत्र १४, बिहीबार

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई हटाएर राम्रो र योग्य मान्छे ल्याएको बताएका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग छोटो कुरा गर्दै उनले यस्तो बताएका हुन्। सञ्चारकर्मीको ‘कुलमानलाई हटाएपछि जनआक्रोश देखिएको छ नि’ भन्ने प्रश्नमा उनले भने ‘मलाई त त्यस्तो लाग्दैन। उहाँ भन्दा योग्य मान्छे राखेका छौं।’

त्यसपछिका प्रश्नमा भने उनले जवाफ दिन चाहेनन्। उनले सञ्चारकर्मीको प्रश्न हाँसेर टारिदिए। उनको सवारीका लागि प्रहरीले स्कर्टिङ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार