कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा पार्किङमा राखिएका गाडीहरुमा पनि तोडफोड भएको छ ।

पार्किङ क्षेत्रमा रहेका निजी र सरकारी गाडीहरुको सिसा फुटाइएको छ । तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह कोटेश्वरको भाटभटेनी सुपरस्टोरसम्म पुगेको थियो । सो समूहले सुरक्षागार्डलाई हातपात गर्दै लुटपाट र तोडफोड गरेको थियो ।

बिक्रीका लागि राखिएका तरकारी, सपिङ ट्रली लगायतका सामान बाहिर निकालेर आगो लगाएका थिए । उनीहरुले ढुंगा प्रहार गरी भाटभटेनी सुपरस्टोरको भवनको सिसा समेत फुटाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार