काठमाडौँ : प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ ।
उनी राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् । गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उनलाई नजरबन्द गरेको परिवारलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए ।
सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा शुक्रबार सहभागी भएका थिए ।





