सवारी दुर्घटनामा दुई जनाको मृत्यु

२०८१ चैत्र १६, शनिबार

काठमाडौं : मकवानपुर र कास्कीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ ज्यामिरे हेल्थपोष्ट नजिक ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्टतर्फ जाँदै गरेको बा.प्र.२-०३-००१ त ४३७१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो । यो दुर्घटनामा चालक पर्साको जगरनाथपुर गाउँपालिका-४ हरपुर बस्ने १९ वर्षीय सब्दान हुसेनको घटनास्थलमै मृत्यु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-९ मौजापुछारस्थित सडकमा प्र.३-०२-०११ प २८५९ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको  छ। उनी अन्दाजी ४० वर्षीय पुरुष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार