नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२०८१ चैत्र १६, शनिबार

काठमाडौं : नेको इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

कम्पनीको ६ लाख कित्ता संस्थापक सेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखिएको हो। कम्पनीले उक्त सेयर सबैले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकिएको छ। खरीदकर्ताले आवेदन दिँदा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिनु पर्नेछ।

यसमा चैत १५ गतेदेखि चैत २९ गते भित्र मात्रै आवेदन दिन सकिनेछ। आवेदन फाराम काठमाडौंको बागदरबारस्थित जेडीए कम्प्लेक्समा रहेको बिक्री प्रबन्धकको कार्यालयमा उपलब्ध हुनेछ। कम्पनीको बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार