प्रधानमन्त्रीको जवाफ आएपछि संसद चल्छ : माओवादी केन्द्र

२०८१ चैत्र १७, आईतवार

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद चल्न नदिने बताएको छ । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ ।

प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद सचिवालयमा पठाएका छन् । योसँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ ।

तर, आफूहरू प्रधानमन्त्रीको जवाफ नसुनी संसद चल्न दिने पक्षमा नरहेको बताउँछिन् माओवादी केन्द्रकी सचेतक रुपा सोशी चौधरी । ‘अहिलेसम्म हाम्रो कुरा प्रष्ट छ । प्रधानमन्त्रीको जवाफ आएपछि संसद चल्छ’ चौधरीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार