धवलशमशेर र रवीन्द्रसहित ११ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

२०८१ चैत्र १७, आईतवार

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले नेताद्वयसहित ११ जनालाई  राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । अदालतले अन्य ३० जनालाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार