तीनकुनेको घरमा आगो लगाएको आरोपमा ४१ पक्राउ

२०८१ चैत्र १७, आईतवार

काठमाडौं : काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सञ्चारकर्मी रिपोर्टिङ गरिरहेको घरमा जानीजानी आगजनी गरेको आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीनकुने घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। उनी आगजनी गरिएको घरभित्र रिपोर्टिङ गर्दै थिए।

जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर प्रहरीले पक्राउ परेकाहरूमाथि अनुसन्धान थालेको छ। उनीहरुविरुद्ध संगठित अपराध, आगजनी, लुटपाट र ज्यान मार्ने उद्योगजस्ता अभियोगमा छानबिन भइरहेको छ। सुरेशको शव टिचिङ अस्पताल महाराजगञ्जमा राखिएको छ। उनका परिवारले सरकारले माग पूरा नभएसम्म पोस्टमार्टम नगर्ने अडान लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार