ग्यास सिलिण्डर विष्फोट हुँदा चार बालबालिकासहित सात जनाको मृत्यु

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : भारतको पश्चिम बंगालमा ग्यास सिलिण्डर विष्फोट हुँदा सात जनाको मृत्यु भएको छ।

सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिण्डर विष्फोट भएको बीबीसीले जनाएको छ ।

समाचारअनुसार घटनामा मृत्यु हुनेमा चार बालबालिका र दुई महिला छन् । घाइतेलाई उद्धारगरी अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार