मेरठ हत्याकाण्ड: जेलमा छुट्टाछुट्टै राखेपछि तड्पिए मुस्कान–साहिल

२०८१ चैत्र १९, मंगलवार

काठमाडौँ : भारतीय राज्य उत्तर प्रदेशमा प्रेमीसँग मिलेर श्रीमान सौरभको हत्या गरेकी मुस्कान हाल साहिलसँगै मेरठ जिल्ला कारागारमा छिन्।तर दुई जनालाई छुट्टाछुट्टै ब्यारेकमा राखिएको छ, जसका कारण उनीहरू एकअर्कालाई भेट्न सकिरहेका छैनन्। आजतकका अनुसार दुवैले जेल प्रशासनलाई एउटै ब्यारेकमा बस्न अनुरोध गरेका थिए। तर जेलको नियमअनुसार यो सम्भव भएन।

साहिल र मुस्कानले एकअर्कालाई भेट्न खोजिरहेको बताइएको छ तर जेल प्रशासनले नियमअनुसार यो सम्भव नभएको स्पष्ट पारेको छ। जेलका अधिकारीहरूका अनुसार कैदीको माग जेल नियमलाई ध्यानमा राखेर मात्र विचार गरिन्छ। अहिलेका लागि मुस्कान र साहिलले छुट्टाछुट्टै ब्यारेकमा बसेर आफ्नो सजाय भोग्नुपर्नेछ।

दुवैलाई जेलभित्रै काम

मेरठ जिल्ला जेल प्रशासनले जेल नियमअनुसार मुस्कान र साहिललाई काम तोकेको छ। दुवैले आफ्नो रुचि अनुसार जेलभित्र काम गर्ने इच्छा व्यक्त गरे, जसलाई जेल प्रशासनले स्वीकार गर्‍यो।

जसअनुसार मुस्कानले सिलाइ-कटाइ सिक्न माग गरेकी छन् भने साहिलले खेतीपाती गर्ने इच्छा व्यक्त गरेका छन्। कारागार प्रशासनका अनुसार अब दुवै जनालाई आआफ्ना रुचि अनुसार काममा लगाइनेछ। तालिमपछि मुस्कान र साहिलले अप्रिल १ देखि आफ्नो रोजाइको काम सुरु गर्नेछन्।

मुस्कानले आफ्ना प्रेमी साहिलसँग मिलेर यही मार्च ३ तारिख आफ्ना पति सौरभको हत्या गरेकी थिइन्। अनि शवलाई टुक्रा-टुक्रा पारेर ड्रममा राखिन् र माथिबाट घोलिएको सिमेन्ट हालेर बन्द गरिन्। यसबीच श्रीमान् मारेर मुस्कानले प्रेमीसँग होली खेलेको तथा जन्मदिन मनाएका भिडिओ फुटेज पनि सार्वजनिक भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार