कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

२०८१ चैत्र २०, बुधबार

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ ।

घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । सुनुवाइ हुन सकेको थिएन । मंगलबार भने सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार