काठमाडौँ : गायक दुर्गेश थापाको आगामी वैशाख १८ गते काठमाडौं बौद्धको हयात ग्राउन्डमा हुन गइरहेको कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एपमार्फत खरिद गर्न सकिनेछ ।
ट्राइएङल इन्कले यो कन्सर्ट आयोजना गर्न लागेको हो । हालको समयमा सर्वाधिक रुचाइएको गीत ‘दुश्मन हेरेको हेरई’ बाट लोकप्रियता कमाएका र त्यो भन्दा अघि पनि कैयौं हिट्सहरु दिएका उनी केवल एक गायक मात्र नभइ मञ्चमा आफूसँगै दर्शकलाई पनि रमाउन र नचाउन जानेका एक अब्बल परफर्मरको रुपमा पाईन्छ ।





