त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

२०८१ चैत्र २१, बिहीबार

काठमाडौं : त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।

कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी रहेको निर्वाचन अधिकृत अंगदमणि गौतमले बताएका छन् । सबै बुथको मत एकीकृत गरिरहेकाले केहिबेरमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।

स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट प्रमित विष्ट र स्वतन्त्र उम्मेदवार सागर न्यौपाने प्रतिष्पर्धामा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार