सानिमा जिआईसी इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

२०८१ चैत्र २१, बिहीबार

काठमाडौं : सानिमा जिआईसी इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कुनाल कयालको अध्यक्षतामा सम्पन्न भएको सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।

साथै २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव पारित गरेको छ ।

साथै, सभाका अध्यक्ष कुनाल कयालले सभालाई सम्बोधन गर्दै उपस्थित सम्पूर्ण शेयरधनीहरुले राखेर कुराको जवाफ दिदै आउँदो सभा समयमै सम्पन्न गर्ने र कम्पनीको व्यवसाय बृद्धिको लागि व्यवस्थापक तथा सम्पूर्ण सञ्चालक कटिबद्ध भएर लागेकोे बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार