काठमाडौँ : सुनसरीबाट अपहरणमा परेकी बालिकालाई प्रहरीले कोशी व्यारेजको २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरेको छ ।
चैत २० मा अपहरणमा परेकी ७ वर्षीय ईशु सदालाई २४ घण्टामा अपहरण मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । आरोपीले बालिकालाई सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–७ स्थित उनको घरबाट सिटी सफारीमा चढाएर कोशी ब्यारेजमा लगेका हुन् ।
अपहरणमा संलग्न आरोपमा प्रहरीले सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) लाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई फ्रुटी दिएर उनले सिटी सफारीमा चढाएर लगेको डीएसपी खतिवडाले बताए ।





