काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले जीबी राईलाई किन उन्मुक्ति दिइयो भनेर सरकारलाई प्रश्न गरेका छन्। आज साँझ फेसबूक लाइभमा आएका उनले सोधेका छन्- जीबी राईलाई किन उन्मुक्ति दिइयो ?
उनले उस्तै मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भने पटक-पटक दु:ख दिने काम भइरहेको बताएका छन्। ‘हिजो रवि लामिछानेलाई बेडभित्रै गएर पक्राउ गरिएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेको जीबी राई कहाँ छन् ? जीबी राईलाई के कारणले गर्दा उन्मुक्ति दिइयो ? रवि लामिछानेलाई के कारणले गर्दा पटक पटक दु:ख दिइँदै छ ?’





