सुनसरीमा १९ वर्षीय युवकमाथि गोली प्रहार

२०८१ चैत्र २४, आईतवार

काठमाडौं : सुनसरीको बराहक्षेत्र–१ सूर्यकुण्डका एक युवकमाथि गोली प्रहार भएको छ ।

शनिबार दिउँसो १९ वर्षीय निरज राईमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो । घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेपछि उनी सिकिस्त अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका छन् । घटनापछि राईलाई उनीसँगै घाँस काट्न गएका अन्य व्यक्तिहरूले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक विकास राईले एकान्त जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेको बताए । ‘घटनाको विस्तृत अनुसन्धान आवश्यक छ’, उनले भने । प्रहरीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार