देशका अमूल्य सम्पदाको संरक्षणमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः राष्ट्रपति पौडेल

२०८१ चैत्र २४, आईतवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी रहेको बताएका छन्। आइतबार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबार स्थितजिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएृका हुन्।

उनले देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान भएको उल्लेख गरे। उनले अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रुपमा कयौँ रमणीय स्थलहरु रहेको बताए। उनले अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थलहरु नेपालको सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गरे। देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा कयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व भएको जिकिर गरे।

राष्ट्रपति पौडेलले भने, ‘देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान हुन् । अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रुपमा कयौँ रमणीय स्थलहरु छन् । अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थल छन् । यि हाम्रो सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएका छन् । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा कयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो । त्यसैले बहुजाति भाषा, परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार