काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रुपैँयाले घटेर १ लाख ७३ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४८ हजार ६ सय ६५रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ६९ रुपैयाँ कायम भएको छ ।





