कंग्रेस जिल्ला उपाध्यक्ष खानले रक्सी खाएर कार चलाउँदा ९ जनालाई किच्यो

२०८१ चैत्र २७, बुधबार

काठमाडौं : भारतको जयपुरमा कंग्रेस जिल्ला उपाध्यक्ष उस्मान खानले चलाएको कारले ९ जनालाई किचेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले चलाएको एसयूभी कारले ९ जनालाई कुल्चिँदा दाजुबहिनीसहित तीन जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार घटना सोमबारको हो। कारले पहिले एमआई रोडमा रहेका सवारीसाधनहरूलाई ठक्कर दियो र त्यसपछि सडकमा हिँडिरहेका  मानिसहरूलाई कुल्चिन थाल्यो।

खानले रक्सी खाएर ७ किलोमिटरसम्म गाडी कुदाएको पाइएको प्रहरीको भनाइ छ। नाहरगढ प्रहरी चौकी क्षेत्रको सन्तोषी माता मन्दिरनजिकै उनको कारले पहिले स्कुटर-बाइकलाई ठक्कर दियो र त्यसपछि सडकमा लडेका मानिसहरूलाई कुल्चेर भाग्यो।

घटनापछि कंग्रेस पार्टीले उनलाई जिल्ला उपाध्यक्ष पदबाट हटाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
3

ताजा समाचार