जयगढ आगलागी पीडितका लागि प्रदेश सरकारले दियो ५० लाख, २७ घर खरानी

२०८१ चैत्र २७, बुधबार

धनगढी : अछामको जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागी पीडित परिवारका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। बुधबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकले आगलागी पीडितलाई वितरण गर्न तत्कालका लागि बान्नीगढी जयगढ गाउँपालिकालाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

मानवीय सहायताका लागि तत्काल ५० लाख उपलब्ध गराउने र क्षतिको पूर्णविवरण प्राप्त भइसकेपछि थप रकम उपलब्ध गराइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालले बताए। प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्न सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीलाई राहत सामग्रीसहित जयगढ पठाउने निर्णय समेत गरेको छ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा मंगलबार बेलुकी आगलागी भएको थियो। आगलागीबाट ठूलो भौतिक क्षति भएको छ। आगलागीबाट २७ घर जलेकोमा ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ७ करोडभन्दा बढी क्षति भएको पूर्वानुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार