स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८२ बैशाख १, सोमबार

काठमाडौं : हुम्लाको चंखेली गाउँपालिकामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

गएराति २-०३-००१ क ०९७५ नम्बरको स्काभेटर लोतिमा पल्टिँदा चंखेली गाउँपालिका-२ का ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको हो। स्काभेटर चालक भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्काभेटर सडकभन्दा १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए।

स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी पोखरेलको भनाई छ। स्काभेटर मुगु छायाँनाथ नगरपालिका-१४ का नन्दलाल बडुवालको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार