काठमाडौं : २०८१ सालमा सुनको मूल्यमा भारी वृद्धि भयो ।
२०८१ वैशाख २ गते सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोही वर्षको अन्त्यमा भने सुनको मूल्य करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।





