सुनसरीमा गोली चल्यो, १ जना गम्भीर घाइते

२०८२ बैशाख १, सोमबार

काठमाडौं : सुनसरीको देवानगन्जमा सोमबार साँझ गोली चलेको छ। गोली लागेर १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार देवानगन्ज बजारमा गोली प्रहार हुँदा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता घाइते भएका हुन्। उनको अवस्था गम्भीर छ। पिन्टु मेहताले चलाएको मोटरसाइकलको पछाडि सवार रहेका शिवकुमारलाई देवानगन्ज–७ का कामेश्वर यादवले गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शिवकुमारमाथि के कारणले गोली प्रहार गरिएको हो भनेर खुल्न बाँकी छ। गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार