वीरगञ्ज फेरि अशान्त : धार्मिक सद्भाव भड्काउने चार पक्राउ

२०८२ बैशाख २, मंगलवार

काठमाडौं : पर्साको वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रका अनुसार छतमा बसेर ढुंगा हान्ने, मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरू धार्मिक हिंसा भड्काउनेगरी उत्रिएका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेकाहरू झडपमा उत्रिएपछि प्रहरीले लाठिचार्ज समेत गरेको थियो ।

गत शनिबार वीरगञ्जमा शोभायात्राका क्रममा दुई धार्मिक समुदायबीच झडप भएको थियो । झडपपछि अवस्था तनावग्रस्त हुँदा त्यहाँ प्रशासनले कर्फ्यु समेत लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार