काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ८६ हजार रूपैयाँ कायम भएको थियो। सोमबार नयाँ बर्षको सार्बजनिक बिदा परेकोले सो दिन आइतबारकै मूल्यमा कारोबार भयो।
मंगलबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले घटेर १ लाख ८४ हजार ३ सय रूपैयाँ कायम भएको थियो। बुधबार फेरि छापावाल सुनको मूल्य २ हजार ७ सय रूपैयाँले बढेर १ लाख ८७ हजार रूपैयाँ कायम भएको थियो।
बिहिबार छापावाल सुनको मूल्य ३ हजार ६ सय रूपैयाँले बढेर १ लाख ९० हजार ६ सय रूपैयाँ कायम भएकोमा शुक्रबार छापावाल सुनको मूल्य फेरि ८ सय रूपैयाँले घटेर १ लाख ८९ हजार ८ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ३८०० रुपैयाँले बढेको छ ।





